जुकरबर्गका विश्वासिला चिफ प्राेडक्ट अफिसर क्रिस कक्सले फेसबुकबाट राजीनामा दिए
क्रिस कक्स र मार्क जुकरबर्ग/ तस्विर:एजेन्सी

एजेन्सी– फेसबुकका चीफ प्रोडक्ट ऑफिसर क्रिस कक्सले राजीनामा दिएका छन् । कम्पनीका सिइओ मार्क जकरबर्गले बिहीबार यसकाे घाेषणा गरेका हुन् । कक्स फेसबुकका अधिकारीहरुमध्ये जुकरबर्गका एक विश्वासिला अधिकारी थिए । 

कक्स फेसबुककाे न्युज फिडकाे काम गर्थे । उनले फेसबुक एपकाे जिम्मेवारी पनि सम्हालेका थिए । यतिबेला उनले सबै एप्सकाे स्ट्रेटजीकाे काम हेर्थे । 

उनले २००५ देखि फेसबुकमा काम गर्न थालेका हुन् । उनले किन राजीनामा दिए भनेर अहिलेसम्म स्पष्ट भएकाे छैन् । 

कम्पनीकाे नीतिका विषयमा जुकरबर्गसँग कक्सकाे मतभेत भएकाे हुन सक्ने अनुमान गरिएकाे छ । 

व्हाट्सएपका प्रमुखले पनि राजीनामा दिए 

डेनियल्स पछिल्लाे वर्ष मे महिनामा ह्वाट्सएपका प्रमुख बनेका थिए । याेभन्दा अगाडि उनी फेसबुककाे बिजनेस डेभलपमेन्ट टिमकाे नेतृत्व गरिरहेका थिए । उनकाे राजीनामापछि अब विल केटकार्ट ह्वाट्सएपका प्रमुख बन्नेछन् । 



११ महिनामा फेसबुकका ६ ठूला राजीनामा 



पछिल्लाे वर्ष अप्रिलमा ह्वाट्सएपका सीईओ काे–फाउन्डर जान कमले राजीनामा दिए । यसपछि अगस्टमा फेसबुकका चीफ सेक्युरिटी अफिसर एलेक्स स्टेमसले कम्पनी छाेडे । सेप्टेम्बरमा इन्स्टाग्रामका काे–फाउन्डर केविन सिस्ट्रम र माइक क्रिगरले राजीनामा दिए । अब क्रिस कक्स र क्रिस डेनियल्स पनि फेसबुकबाट अलग भए ।

 

  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार ११:५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया