संविधान कार्यान्वयनमा दलहरू चुके : नेता सिटौला

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान कार्यान्वयनमा दलहरू चुकेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका सिटौलाले संविधानको मूल मर्म कार्यान्वयनमा ढिलाइ भइरहेको बताए । 

मंगलबार एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले संविधान जारी भएयता दलबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाइ हुन गएको तर्कसमेत गरे । तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सिटौलाले सुवास नेम्वाङले नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्याएको बताए । 

संविधान जारी हुन नदिनका लागि अनेकौँ दबाब आए पनि त्यसलाई शान्त ढंगले प्रतिरोध गर्दै नेम्वाङले संविधान जारी गर्न अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । माओवादी शान्ति वार्तामा आए पछि पनि अन्तरिम संविधान निर्माणमा नेम्वाङको भूमिका नेतृत्वदायी रहेको उनको भनाइ थियो । 

नेम्वाङको संयोजनकारी, समन्वयकारी भूमिका संविधान कार्यान्वयनमा पनि आवश्यक हुँदाहुँदै उनको निधन हुनु मुलुकका लागि अपूरणीय क्षति भएको समेत नेता सिटौलाले बताए । 
 





  • प्रकाशित मिति : असोज २, २०८० मंगलबार १५:४७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया