राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, रेड कार्पेटमा सर्प

काठमाडौं– राष्ट्रसंघीय आयोग (सिएसडब्ल्यु)को ६३औँ अधिवेशनमा सहभागी भएर राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार स्वदेश फर्केकी छिन् । उनको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रेड कार्पेट ओछ्याइएको थियो । 

राष्ट्रपति भण्डारीले सो कार्पेटमा नपुग्दै एउटा पहेँलो रङको ठूलो सर्प रेड कार्पेटमा दौडियो । समाचार संकलनका लागि पुगेका मिडियाकर्मीका अनुसार सो सर्प रेड कार्पेट हुँदै विमानस्थलतर्फ गएको थियो । 

एक्कासि सर्प देख्दा मिडियाकर्मी र सुरक्षाकर्मी केही अत्तालिए पनि सर्प भने केहीबेरमै सबैलाई छल्दै विमानस्थलतर्फको झाडीभित्र गएको थियो । 





  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार १७:४१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया