[ब्लग] नेपाल न चौकीदारको सप्लायर हो, न भारतको दास
अलका लाम्बा/ तस्बिर: बिबिसी हिन्दी

आम आद्मी पार्टीकी विधायक अल्का लांम्बाले एक ट्विटमा लेखेको ‘मँगा लेंगे’ मा थोरै ध्यान दिनुहोस् । त्यहाँबाट ध्वनी निस्किन्छ –‘हामी मालिक हाैं, हामीसँग अथाह पैसा र शक्ति छ र हामी जहाँबाट जे पनि मगाउन सक्छौं । र नेपालबाट चौकीदारसँगै अरुपनि मगाउन सक्छौं ।’

उमालेका अण्डाको दोकानमा साँझ बोत्तलको पर्खाइमा बसेकाहरु पनि यस्तो कुरा गर्न सक्छन् – ‘अरे, रक्सी त हामी जति चाहे पनि मगाउन सक्छाैं, हामीलाई के कुराको कमी छ ।’

अलका लाम्बालाई पनि थाहा थिएन प्रधानमन्त्री नरेन्द्र मोदीको टिप्पणी गर्दै उनले नेपालका मानिसको बारेमा जे भनिन् यसले विवाद उत्पन्न गर्न सक्छ भनेर । उनले अशुद्ध वर्णविन्याससहित ट्विट गरिन् ‘प्रिय भारतवासी, कृपया यो पटक प्रधानमन्त्री चुन्नुहोला, चौकीदार त हामी नेपालबाट पनि मगाउन सक्छौं, नेपालका चौकीदार चोर हुँदैनन् ।’

लाम्बालाई लाग्छ हामी अर्थात् भारत चौकीदारको सप्लाईका अर्डर गर्छौं, नेपाल ढोकामा बसेका चौकीदारजस्तै शिर झुकाउँछ र अर्काे दिन यहाँ नेपाली चौकीदारको लाइन लाग्न सुरु गर्छ । उनले बिर्सिइन् नेपाल एक स्वतन्त्र राष्ट्र हो, भारत जस्तो कहिले पनि कसैको गुलाम रहेन्, र नेपाल भारत र चीनबीचको एक स्वतन्त्र मुलुक हो र अलका लाम्बाका लागि चौकीदारको सप्लाई गर्न सक्दैन् । 

अलका लाम्बा पढेलेखेकी छन् । दिल्ली विश्वविद्यालय छात्र संघकी अध्यक्ष थिइन् । तर उनले नेपालमा केवल चौकीदार मात्रै हुँदैनन् भन्ने बुझ्नुपर्छ । नेपालमा आइटी प्रोफेसनल, अर्थशास्त्री, वैज्ञानिक, एक्टर, ब्युटी क्विन्स, संगीतकार आदि पनि हुन्छन् । नेपालमा चौकीदार, सफाई कर्मचारी, मजदुर, किसान र मेहेनती व्यक्तिहरु हुन्छन्, जस्ता कि दिल्ली, उत्तर प्रदेश, कर्नाटक र केरलामा छन् । 



अलका लाम्बाले यो पनि जान्नुपर्छ नेपालका मानिस ठिक त्यसरी नै रोजगारका लागि अरु देश जान्छन्, जसरी हिन्दुस्तानमा पंजाब, गुजरात, राजस्थान वा केरला आदि राज्यबाट मानिस ट्याक्सी चलाउन, सफाई गर्न वा कारखानामा काम गर्न गल्फ, क्यानडा, अमेरिका, बेलायत, इटली, फ्रान्सजस्ता देश जान्छन् । लाम्बाकाे भनाइ डोनाल्ड ट्रम्पको जस्तै छ– ‘छिटो भारतीयहरुलाई अमेरिका ल्याओ, न्युयोर्क शहरमा धेरै फोहोर बढेको छ ।’ 

नेपाललाई आफ्नो कामदार सम्झने अलका लाम्बामात्र होइन । उनले आफ्नो गल्ति महसुस गरेर ट्विट हटाइन् तर मानसिकता हटाउन सक्दिनन्, जुन नेपाललाई भारतको दास सम्झिने गर्छन् । नेपालीलाई यो कुरा राम्रोसँग थाहा छ, उत्तर भारतमा नेपाललाई आफ्नो सम्पत्ति सम्झने  धेरै मानिस छन् । 



पछिल्लो महिना काठमाडौंबाट दिल्ली आएको एयर इन्डियाको फ्लाइटमा मसँगै बसेका एक भारतीय पर्यटकले वियर माग्दा फ्लाइट अटेन्डेन्टले मुस्कानसहित जवाफ दिइन् ‘सर, यो डमेस्टिक फ्लाइट हो, यसमा हामी बियर सर्भ गर्न सक्दैनौं ।’

म ती अटेन्डेन्टसँग सोध्न चाहन्थे नेपाल जाने फ्लाइट कहिलेदेखि घरेलु उडान भए ? कहिलेदेखि नेपाललाई भारतभित्र गाभियो ? 

नेपाल एक स्वतन्त्र देश हो, जहाँ आफ्नो छुट्टै संविधान, प्रधानमन्त्री र अलग संसद र आफ्नै सेना छन् । एक स्वतन्त्र देशबाट अर्को स्वतन्त्र देशबीच आइरहेको फ्लाइटलाई जसरी ती फ्लाइट अटेन्डेन्टले घरेलु उडान मानेर उडिरहेका थिए, ठिक त्यसरी नै आम आद्मी पार्टीकी विधायक अलका लाम्बालाई पनि लाग्छ ‘चौकीदार त हामी नेपालबाट मगाउँछौं ।’

नेपालको त्रिभुवन हवाई अड्डामा तैनाथ ती नेपाली इमिग्रेसन अफिसरकाे धेरै भारतीयसँग भेट भइरहन्छ होला, उनले मलाई कटाक्ष गरे ‘तपाईको मुलुक ठूलो र तपाईको जुंगा पनि ठूलो ।’ यसको अर्थ थियो, ‘तपाईंमा अहंकार धेरै छ ।’

फ्लाइटमा केही घन्टा ढिलो हुँदा म ती अधिकृतसँग गुनासो गर्न चाहन्थे तर उनी गमक्क परेर बसिरहेका थिए । 

नेपालीलाई लाग्छ भारत ठूलो देश हो, यसकारण भारतीयमा घमन्ड धेरै छ । भारतीयलाई कहिले पनि महसुस भएको छैन्, उनीहरु जे सोच्छन् र बोल्छन्, त्यो नेपालीलाई मन पर्दैन् । भारतीयहरुको यसमा प्रश्न हुन्छ, हामी नेपालीलाई आफ्नै मान्छौं फेरि यसमा किन समस्या ? 

काठमाडौं पुग्नेबित्तिकै मैले नेपाली साथीसँग भने ‘नेपाल बिल्कुलै घर जस्तो लाग्छ ।’ ती साथीले तुरुन्तै जवाफ दिए ‘हो, तपाईको प्रधानमन्त्री नरेन्द्र मोदी पनि यस्तै भन्नुुहुन्छ ।’

मैले तत्काल बुझे प्रधानमन्त्री बनेपछि मोदी पहिलो भ्रमणका क्रममा नेपाली जनता मोदी–मोदीको नारा लगाउँदै सडकमा उनको स्वागतका लागि उभिएका थिए तर आज किन मोदीको नाम लिनेबित्तिकै अनेक प्रश्नहरु उठाउँछन् ? 

नेपालीलाई लाग्छ, भारतीयहरु नेपालको स्वतन्त्र अस्तित्वलाई स्वीकार गर्न सक्दैनन्, र भारतको छत्रछायाँमा नेपाललाई राख्न चाहन्छन् । स्वतन्त्र नेपालीलाई भारतीयको यस्तो व्यवहार मन पर्दैन् । यसमा उनीहरुलाई ‘साँस्कृतिक विस्तारवाद’ को गन्ध आउँछ । 

नेपाली वेट लिफ्टर एवं पाइलट विपाशी तुलाधर ।

तीन महिनासम्म काठमाडौं बसेर काम गर्दा र नेपालका धेरै शहर र गाउँमा घुम्दा मैले एक पटक होइन् धेरै पटक यस्ता प्रश्नहरुको सामना गर्न पर्यो । बसमा, दोकानमा, होटलमा, सडकमा, जब म कुरा गर्न थाल्थें मलाई पटक पटक नेपालीहरु प्रश्न गर्थे –‘मोदी जीले हामीलाई रगतको आँसु रुवाइदिए, आखिर किन ?’ 

विशेषगरी नेपालका पहाडी भेगका मानिसहरु २०१५ का ती दिनहरु बिर्सिएका छैनन्, जब मोदी सरकारले नेपालमा ‘अघोषित आर्थिक नाकाबन्दी’ लगाएका थिए र मानिसहरु पेट्रोल, डिजेल, ग्याँस जस्ता अत्यावश्यक बस्तुको अभावले धेरै दुख पाएका थिए । 

कतिपय मानिसहरु आफ्ना कार तथा मोटरसाइकललाई ताला लगाएर साइकिल खरिद गर्न बाध्य भए । नेपालमा नाकाबन्दी पहिलो पटक भएको थिएन्, राजीव गान्धी प्रधानमन्त्री हुँदा पनि भारतले नेपाललाई घेरेको थियो । 

काठमाडौंबाट केही टाढा चितलाङ गाउँमा पोखराबाट आफ्ना छात्र–छात्रा लिएर आएका एक अध्यापकले मलाई सोधे – नाकाबन्दी गरेर मोदी जीले के हामीलाई जानी जानी चीनतिर धकेलिरहेका थिएनन् ? म के जवाफ दिनु । 

लेखक बिबिसी हिन्दी रेडियाेका सम्पादक हुन् । 

  • प्रकाशित मिति : चैत २, २०७५ शनिबार १०:५९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया