एमालेका पूर्वअर्थमन्त्रीहरूको दाबी : वर्तमान सरकारको नेतृत्वमा अर्थतन्त्र लयमा फर्किने सम्भावना छैन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित निजी क्षेत्रसँग नेकपा एमाले विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले जति प्रयास गर्दा पनि अर्थतन्त्रका समस्यासम्म बुझ्न नसकेको भन्दै वर्तमन सरकारले देशको अर्थतन्त्र लयमा फर्काउन सक्ने कुनै सम्भावना नरहेको दाबी गरे । 

‘यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने र देशका आर्थिक क्षेत्रका समस्या समाधान हुने कुनै पनि सम्भावना छैन,’ उनले भने, ‘जति प्रयास गर्दा पनि अर्थतन्त्रका समस्या बुझ्न पनि सक्दैन । समस्या समाधानका लागि नीतिगत व्यावहारिक निर्णय गर्न पनि सक्दैन ।’

उनले निजी क्षेत्रको समस्या समाधानका लागि सरकार सहयोग नबनी बाधक बन्छ भने त्यसलाई पन्छाएर समस्या समाधान गर्नुपर्ने बताए । 

उनले भने, ‘निजी क्षेत्रको समस्या समाधानका लागि सरकार सहयोगी बन्दैन भने, समस्या समाधानका लागि बाधक बन्छ भने त्यो बाधा पन्छाएर भए पनि यहाँहरूको समस्या समाधान गर्नुपर्छ ।’

उनले ज्ञापनपत्र बुझाएर सरकारले समस्या नदेख्ने भन्दै निजी क्षेत्रलाई सदन र सडकबाट दबाब दिन आग्रह गरे ।



नेकपा एमालेकै अर्का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको काममा नेकपा एमाले बाधक नबन्ने बताए । उनले एमाले देशलाई एक नम्बरमा राखेर सोच्ने पार्टी भएकाले सरकारको काममा अवरोध नगर्ने बताएका हुन् । 

उनले भने, ‘हामी जहिले पनि मुलुकलाई एक नम्बरमा राखेर सोच्ने पार्टी हो, हामी । हामी अवरोधक कहिले पनि हुँदैनौँ । खिचातानी गरेर सरकारलाई अप्ठ्यारो पार्ने किसिमको काम हुँदैन, हामी सरकार हेरिरहेका छैनौँ । देश हेरिरहेका छौँ ।’



ऋण दिन पनि नसक्ने लिन पनि नसक्ने अवस्थामा अहिलेको अर्थतन्त्र संकटमा रहेको भन्दै समाधान लागि एमाले तयार रहेको उनले बताए ।
 

  • प्रकाशित मिति : असोज ९, २०८० मंगलबार २१:४९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया