अछाममा पनि स्वास्थ्यकर्मी आन्दोलित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा अछाममा पनि आन्दोलन सुरु गरिएको छ । जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरूले विरोध स्वरूप आज प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै उनीहरूले आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न माग गरे । जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रविकुमार यादवले माग पूरा नभएसम्म आकस्मिकबाहेकका सबै सेवा ठप्प रहने बताए ।  





  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार १३:४०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया