चार प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बिहीबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । 

महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । 

त्यस्तै, कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । हाल कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतः सफा रहेको छ ।

आज बिहान कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 





  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार ७:३४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया