सरकारको शासन शैली जनतालाई मन परेको छैन, विकास गर्न शासक इमानदार हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकको विकास गर्नका लागि शासक इमानदार हुनुपर्नेमा बताएकी छन् । हिमालय मातृभूमि फाउन्डेसनद्वारा आज आयोजित ‘सुशासन, विकास र समृद्धि लागि राष्ट्रिय अभियान–२०८०’ कार्यक्रममा उनले मुलुकमा सुशासन, विकास र समृद्धिका लागि शासक इमानदार हुनुपर्ने बताइन् ।

‘वर्तमान सरकारको शासन शैली जनतालाई मन परेको छैन, किनभने इमानदारिता छैन’, उनले भनिन्, ‘सुशासन, विकास र समृद्धिका लागि शासन इमानदार हुनै पर्छ ।’ धेरै बिग्रेको सुधार हुनका लागि समय लाग्ने भएकाले आशावादी हुन आग्रह गर्दै उनले भनिन्, ‘यही देशको माटोको विकास गर्नुपर्छ, अरूको देशमा जानु भनेको हराउनु हो ।’

उनले देशमा भ्रष्टाचारले जरो गाँडेको उल्लेख त्यसको अन्त्यका लागि दबाब समूह जरुरी भएको बताइन् । प्याव्सन कार्यसमिति अध्यक्ष डिके ढुंगानाले मुलुकको विकासका लागि राजनीतिक स्थायित्व र सुशासन जरुरी भएको आवश्यकता औंल्याउँदै त्यसका लागि सबैको इमानदारपूर्वक काम गर्नुपर्ने बताए । 

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले समाज विकास क्रममा मुलुकको विकासका लागि स्थापना भएको प्रजातन्त्रको अभ्यास गर्नुपर्नेमा जोड दिँदै गलत कामलाई सच्याउँदै राम्रो कामको गर्न सुझाव दिए । 

एनप्याव्सनका सहअध्यक्ष सुवास न्यौपानेले सुशासन, विकास र समृद्धिका लागि सबैमा चिन्ता र चिन्तन हुनुपर्ने धारणा राखे । पूर्व राजदूत महेश दाहालले देश भनेको जनता र जनताको भावना भएको उल्लेख गर्दै देश समृद्ध बनाउन धेरैभन्दा धेरै उद्योगधन्दा खोल्नुपर्नेमा जोड दिए ।

राजनीतिक विश्लेषक मुमाराम खनालले शिक्षाको क्षेत्रमा काम गर्ने व्यक्तिहरूले खोल्नुभएको संस्था भएको हुँदा शिक्षाको सुधारमा लाग्न राजनीति नगर्न सुझाव दिए । पूर्व सचिव शारदाप्रसाद त्रितालले सुशासन कायम गर्न सरकारले नै ध्यान दिनुपर्ने भए पनि सरकार बनाउने र टिकाउनेमा मात्रै ध्यान दिनु दुःखद् भएको अनुभव सुनाए । 



अध्यक्ष टीकाराम पुरीले देशलाई माया गर्ने देशभक्त नेपाली मिलेर सुशासन, विकास र समृद्धिका लागि स्थापना गरिएको जानकारी दिए ।  



  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार १७:४४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया