एमसिसीकी सिइओ एलिस अलब्राइट नेपाल आउँदै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छन् । आइतबार नेपाल आउन लागेकी एमसिसीकी सिइओ अलब्राइटले पाँच दिन काठमाडौंमा विताउने कार्यक्रम रहेको बताइएको छ । 

नेपालमा एमसिसी परियोजना सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट कार्यान्वयनमा गएको छ । एमसिसीकी सीइओ एलिस परियोजना कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ । 

भ्रमणका क्रममा एमसिसीकी सिइओ एलिसले नेपाल सरकारका उच्च स्तरिय नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । एलिसले पाँच दिने नेपाल बसाइको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद,ऊर्जामन्त्री शक्ति बस्नेतलगायत अन्य सरकारी उच्च अधिकारी र शीर्ष राजनीतिक नेतासँग भेतवार्ता गर्ने बताइएको छ । 

एमसिसी परियोजना गत भदौ १३ बाट कार्यान्वयनमा गए पनि ठेक्का प्रक्रिया र जग्गा अधिग्रहणलगायत विषयमा समस्या देखिएको र उक्त समस्या समाधान नभएका कारण यसको कार्यान्वयन प्रक्रिया अन्योलमा परेको छ ।  





  • प्रकाशित मिति : असोज १२, २०८० शुक्रबार १३:७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया