राजपाले गर्याे संसद अवरुद्ध

काठमाडौं– आफ्नो पार्टीबाट सांसद निर्वाचित रेशम चौधरीलाई अदालतले जन्मकैद गरेलगत्तै असन्तुष्ट बनेको राष्ट्रिय जनता पार्टी (राजपा)ले आइतबारको संसद बैठक अवरुद्ध गरेको छ । आइतबार अपराह्न प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राजपाका सांसदले उभिएर संसद अवरुद्ध गरेका हुन् । 

 ‘आज बडो दुर्भाग्य भयो, हामीले संसद बैठक अवरुद्ध गर्नुपर्यो,’ संसदमा बोल्दै राजपा नेता लक्ष्मणलाल कर्णले भने । पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने भनाइ कर्णले राखे ।

सभामुख कृष्णबहादुर महराले यसबारे आफूले सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै राजपा सांसदलाई बस्नका लागि बारम्बार आग्रह गरे । उनीहरु बस्न नमानेपछि सभामुख महराले १० मिनेटका लागि बैठक स्थगन गरे ।





  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार १५:३६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया