लाइनमा बस्न भनेपछि केएमसीका डाक्टरमाथि कुटपिट

काममा रहेका डाक्टरमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । काठमाडौं मेडिकल कलेज (केएमसी) मा डाक्टरमाथि कुटपिट गरेको आरोपमा गुल्मी घर भई  सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम र चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम पक्राउ परेका हुन् । 

उनीहरूमाथि आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा. मनिष खड्‍कामाथि कुटपिट गरेको आरोप छ । ओपिडीमा आएका उनीहरूलाई डा. खड्काले लाइनमा बस्न भनेपछि कुटपिट गरेको बताइएको छ । 

कुटपिट गरेको भन्दै अहिले चिकित्सकहरू आन्दोलित छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १४:४९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया