ड्रोन हमलाबाट हत्या गर्ने प्रयास भएको थियो भेनेजुएली राष्ट्रपति मदुरोको

एजेन्सी– अमेरिकी सन्चारमाध्यम सिएनएनले एक्सक्लुसिभ भिडियो भेटेको भन्दै भेनेजुएली राष्ट्रपति निकोलस मदुरोको हत्या गर्ने प्रयास भएको जनाएको छ । सिएनएनका अनुसार यो प्रयास गत वर्ष भएको थियो । एउटा ड्रोन (चालकरहित विमान)मा विस्फोटक पदार्थ राखेर मदुरोको हत्या प्रयास भएको सिएनएनले उल्लेख गरेको छ । 
 

एकजना व्यक्तिले यो आक्रमणको योजना त्यहाँको सेनाबाट बाहिर निकालिएका व्यक्तिहरु र मदुरोका विपक्षीले गरेको दाबी गरेका छन् । उनले सिएनएनसँग दिएको अन्तर्वार्तामा त्यो आक्रमण गर्न बनाइएका योजनाबारे पनि बताएका छन् । उनका अनुसार यो योजना कोलम्बियामा बनाइएको रहेछ । 

‘हामीले वास्तविक प्रजातन्त्र आभास गर्नका लागि यो गरेका थियौँ, अतिवाद अन्त्य गर्न चाहन्छौँ,’ उनले भनेका छन्, ‘हाम्रा साथीहरु अहिले पनि जेलमा छन्, उनीहरुमाथि अमानवीय व्यवहार गरिएको छ । यो अत्यन्त कठीन निर्णय थियो ।’

उनले आफूहरुले चुनौती सामना गरेको र यो सब भेनेजुएली जनताका लागि गरेको पनि बताएका छन् । तर, यो आक्रमण भएको मान्न तयार छैनन् मदुरोको विपक्षमा आफूलाई अन्तरिक राष्ट्रपति घोषणा गरेका जुआन गाइदो । ‘त्यस्तो विकल्प ठिक होइन,’ उनले सिएनएनसँग भनेका छन्, ‘यो चाहिँ सायद सरकार आफैंले गरेको हो, आफूलाई बाहिरबाट आक्रमण भएको छ भन्ने देखाउन र जनताको संवेदना बटुल्न ।’





  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार १७:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया