८ लाख मूल्य बराबरका १ सय थान वाकिटकी बरामद

सशस्त्र प्रहरीले सप्तरीबाट १ सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट भारतबाट अवैधरूपले ल्याउँदै गरेको १ सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो । 

प्रहरीका अनुसार सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए । 

बरामद रेडियो सेट आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाइएको प्रहरीले जनाएको छ ।
 





  • प्रकाशित मिति : असोज १५, २०८० साेमबार १०:१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया