केएमसी अस्पतालका डाक्टर दोस्रो दिन पनि आन्दोलनमा, कानुन हातमा नलिन चेतावनी

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकहरू  सहकर्मीमाथि  हातपात भएको विरोधमा दोस्रो दिन पनि काम छोडेर प्रदर्शनमा उत्रिएका छन् । इन्टर्न डाक्टरमाथि हातपात भएको भन्दै उनीहरूले काम बन्द गरेर आज दोस्रो दिनन पनि अस्पताल अगाडिको सडकमा धर्ना दिइरहेका छन् । 

आन्दोलनमा सहभागी डाक्टर कमलराज शाहले सहमतिको मसी नसेलाउँदै यस्तो घटना दोहोरिनु कानुनमाथि जनताको विश्वास उठ्नु भएको दाबी गरे । उनले भने, ‘ यो घटनामा संलग्न दोषीलाई सजाय दिनको लागि हामीले आफ्नो आफ्नो स्थानबाट माग गर्नुपर्छ । अस्ति भर्खर सहमति भएको ऐन जुन छ यसलाई पनि अझ प्रचार गर्न आवश्यक भएको देखिएको छ ।’ 

यस्तै, अर्का डाक्टर अङ्कित आचार्यले यसरी नियम कानुन कसैले पनि आफ्नो हातमा लिन नमिल्ने भन्दै यसप्रति सबैको ध्यानाकर्षण हुनुपर्ने बताए । उनले भने, ‘यो घटना दर्ता गर्न मानिरहेको थिएन हामीले हिजो रातीको ११ बजेसम्म यहाँ बसेर गृहमन्त्रीको फोन आएपछि बल्ल घटना दर्ता गर्नुभयो । यस्तो हुनु भएन नियम कानुन कसैले पनि आफ्नो हातमा लिन मिल्दैन ।’ 

डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले रूपक गौतम तथा सरोज गौतमलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : असोज १५, २०८० साेमबार १२:४३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया