एमसिसीकी सिइओलाई साक्षी राखेर प्रधानमन्त्रीले भने– परियोजना कार्यान्वयनमा नेपाल प्रतिबद्ध छ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसिसी परियोजनाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार आयोजित ‘एमसिसी नेपाल कम्याक्ट शुभारम्भ उत्सव’ कार्यक्रममा बोल्दै उनले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्नेसमेत बताए । 

परियोजनामार्फत सडक र ऊर्जासम्बन्धी पूर्वाधार बन्ने र  विद्युतमा समेत सघाउ पुग्ने उनको भनाइ छ । नेपाल सन् २०२६ देखि विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको र सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नतिको चरणमा रहेको भन्दै उनले यस अवधिका अमेरिकाबाट थप सहयोगको अपेक्षा गरेको बताए । 

अमेरिकी राजदूत डिन आर थम्प्सन र​एमसिसीकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले एमसिसी परियाजना नेपालका लागि महत्वपूर्ण रहेको बताए । 



यसमा एमसिसीको बाहेक नेपालले १९ करोड ७० लाख अमेरिकी डलर आफ्नो स्रोतबाट लगानी गर्ने भएकाले समेत यो नेपालका लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो । 



यसअघि प्रमुख कार्यकारी अधिकृत अलब्राइट नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा। प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायतसँग भेटवार्ता गरेको थियो ।

  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार २२:४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया