धुलिखेल अस्पताल सुधार परियोजना कार्यान्वयनका लागि नेपाल र जापान सरकारबीच सम्झौता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

धुलिखेल अस्पताल सुधारका लागि नेपाल र जापान सरकारबीच झन्डै तीन अर्ब लागतको धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ ।  

नेपाल सरकार र जापान सरकारबीच धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि ३२९ करोड ६० लाख (लगभग  २ अर्ब ९५ करोड रुपैयाँ) को अनुदान सहयोग खर्च गर्ने सम्झौतामा आज हस्ताक्षर भएको हो।

बिहीबार अर्थ मन्त्रालयमा भएको उक्त कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव डाक्टर कृष्ण हारी पुष्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।

यस्तै अनुदान सम्झौतामा नेपाल सरकार र जाइकाका तर्फबाट क्रमशः अर्थ मन्त्रालय महाशाखाका सहसचिव अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय समिति श्रीकृष्ण नेपाल र जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका छन् ।

यो परियोजनाले तीव्र गतिमा बढ्दो आघात र सङ्क्रमणका लागि चिकित्सा सेवाहरूलाई सुदृढ पार्ने लक्ष्य राखेको छ । नेपालमा आकस्मिक बिरामीहरूका लागि धुलिखेल अस्पतालमा ऊर्जा कक्ष सञ्चालन, एक आइसियू र बाहिरी बिरामी परामर्श कक्ष सहित ट्रमा तथा आपत्कालीन केन्द्र निर्माण गरी एमआरआई सिटिस्क्यान र एक्स-रे मेसिन उच्च स्टीम स्टेरिलाइजर आदि मेडिकल उपकरण उपलब्ध गराई स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । 

सम्झौता कार्यान्वयन भएको अवधिले ४८ महिना भित्र परियोजना सम्पन्न गरिसक्नुपर्ने छ । अर्थात् अबको चार वर्षभित्र परियोजना सम्पन्न हुनेछ ।  





  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार ११:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया