सप्तकोशीमा गोताखोर तालिमको अभ्यास, हरेक प्रदेशमा एक टिम राख्ने लक्ष्य

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सशस्त्र प्रहरीले गोताखोर तालिमका प्रशिक्षार्थीलाई सप्तकोशी नदीमा अभ्यास गराएको छ । गोताखोर तालिमका सहभागी प्रशिक्षार्थी कर्मचारीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीले सप्तकोशी नदीको ब्यारेजमा अभ्यास गराएको हो । 

४० दिने तालिममा सहभागी २० जना सुरक्षाकर्मीलाई बराह बाहिनीले नदीको गहिराइ र बहाव ज्यादा रहेको क्षेत्रमा अभ्यास गराउँदै आएको छ । पानीमुनिको गहिराइमा पुगेर गरिने खोज तथा उद्धारमा खटिने जनशक्तिको संख्या बढाउने संगठनको नीतिअनुसार कोशी प्रदेशमा सञ्चालित गोताखोर तालिमका सहभागीलाई सप्तकोशीको भेल र गहिराइमा अभ्यास गराइएको बराह बाहिनीले जनाएको छ ।  

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा गोताखोर तालिम सञ्चालनमा ल्याएको बताए । १८ जना सशस्त्र प्रहरी र २ जना जनपथ सम्मिलित गोताखोर तालिम संगठनको चौथो ब्याच रहेको पोखरेलले बताए । 

पोखरेलकाअनुसार हाल देशभर ७४ जनाको संख्यामा रहेको जनशक्ति चौथो ब्याचपश्चात ९४ को संख्यामा पुग्नेछ । उक्त जनशक्ति देशभर आइपर्ने विपद्, खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले बताए । चौथो ब्याचका जनशक्तिलाई सप्तकोशीपश्चात त्रिशुली नदी र फेवा तालमा अभ्यास गराइने पोखरेलले बताए ।

गोताखोर तालिमको अभ्यासका क्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलासहितको उपस्थिति रहेको थियो । 
 





  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार १३:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया