निजी स्वास्थ्य क्षेत्रका समस्या आगामी पञ्चवर्षीय योजनामा समेटिने : सचिव सिंह

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

निजी स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधानका उपाय आगामी पञ्च वर्षीय योजनामा समेटिने स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले बताएका छन् ।

नेपालका स्वास्थ्य क्षेत्रमा विद्यमान समस्या पहिचान एवं समाधानका उपाय विषयक एक सामाजिक संवाद कार्यक्रम उनले तत्काल समाधान गर्न सकिने समस्यालाई समाधानमा लैजाने र अन्य समस्या १६औं पञ्चवर्षीय योजनामा समेटेर समाधान गरिने प्रतिबद्धता जनाए । 

राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघद्वारा आयोजित कार्यक्रममा निजी अस्पताल सञ्चालकहरुको छाता संगठन अफिनका प्रतिनिधि लोकबहादुर टन्डनले सरकारले निजी स्वास्थ्य संस्थालाई सौतेलो व्यवहार गरेको बताए ।

युएनआई एसिया प्यासिफिकका कोअर्डिनेटर राजेन्द्र आचार्यले युनिफिनले सामाजिक संवादले समस्या समाधानमा बल पुग्ने बताए । उनले निजी स्वस्थ्य संस्थामा समस्या छन् र तिनका समाधानका उपाय पनि छन् । त्यसका लागि युनिफिनले संवादको ढोका खोलेकाले अब समस्या समस्याका रुपमा नरहने बताए ।

युनिफिनका अध्यक्ष पृथ्वी थपलियाले छलफलका विषयवस्तु प्रस्तुत गरेका थिए भने मीना पौडेलले नर्सिङका समस्यालाई छलफलका लागि प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण युनिफिनका उपाध्यक्ष दिनेश पोखरेलले गरेका थिए । 

मेडिकल तथा डेन्टल कलेज एसेसिएसनका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीले निजी स्वास्थ्य संस्थाले सेवामूलक व्यवसाय गरेकाले यसलाई सेवाकै रुपमा बुझ्न आग्रह गरे ।





  • प्रकाशित मिति : असोज २०, २०८० शनिबार २२:१९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया