सशस्त्र प्रहरीलाई थप बलियो बनाउँदै छौँ  : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बललाई नवीनतम सुरक्षा चुनौतीलाई सामना गर्न सक्ने गरी सक्षम सुरक्षा निकाय बनाउन लागेको दाबी गरेका छन् । आइतबार सशस्त्र प्रहरी बलको दीक्षान्त समारोहमा श्रेष्ठले राष्ट्रिय सुरक्षा भित्र पर्ने सबै जिम्मेवारीलाई साझा जिम्मेवारीको रूपमा लिएको उल्लेख गर्दै सरकार बोर्डर आउटपोष्ट (बिओपी) हरूलाई थप गर्ने तथा आवश्यकता हेरी स्तर वृद्धि गर्ने कार्यमा लागेको बताए । 

उनले भने,‘सशस्त्र प्रहरी बल नेपाललाई सीमा सुरक्षाको डेडिकेटेट फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्ड सहितको थप बिओपीहरूको स्थापना तथा मौजुदा बिओपीहरूको स्तर वृद्धि गर्दै समग्र संगठनहरूलाई प्रविधिमैत्री एवम् चलायमान बनाउने तर्फ मन्त्रालय केन्द्रित रहेको छ ।’ 

उनले बदलिँदो समाज, राजनीति र परिवेशलाई मध्यनजर गर्दै बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्न सक्ने गरी सुरक्षा निकायलाई आधुनिक तालिम उपलब्ध गराउनेदेखि समयानुकूल बनाउँदै लैजाने बताए । 

गृहमन्त्री श्रेष्ठले भने, ‘सुरक्षा कार्य संवेदनशील र गहन कार्य हो । नवीन प्रविधिहरू तथा बद्लिँदै गरेको राजनीति सामाजिक र आर्थिक अवस्थासँग नै बढिरहेको सुरक्षा चुनौतीलाई परास्त अब हाम्रा काम कारबाहीहरूमा हामीसँग भएको श्रोत साधन सूचना र संगठन परिचालनको तालमेल हुनुपर्ने कुरालाई मध्यनजर गरी प्रशिक्षण कार्यलाई समयानुकूल थप आधुनिक र वैज्ञानिक बनाउँदै लैजान आवश्यक छ । यसका लागि प्रशिक्षण प्रतिष्ठान तथा तालिम सञ्चालन गर्ने अन्य युनिटलाई आवश्यक श्रोत साधन र पूर्वाधार व्यवस्थापनका लागि मन्त्रालय गम्भीर रहेको छ ।’ 





  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार १३:०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया