नेपालले भोलिदेखि विश्वकप छनोट थाल्दै, लाओससँग भिड्न तयार
‘अहिले धेरै भन्न चाहन्न, भोलि देखाउँछु’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपालले बिहीबारदेखि सुरु हुने आफ्नो विश्वकप छनोटका लागि तयार रहेको जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक र कप्तान दुवैले नेपाल खेलका लागि तयार रहेको बताएका हुन् । 

भोलि साँझ साढे ५ बजे लोओसविरुद्ध खेल्दै नेपालले विश्वकप छनोटको यात्रा सुरु गर्नेछ । यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनिसले बताए । 

यो खेल आफ्ना लागि पनि अवसर उनको भनाइ छ । ‘यो मरो पनि पहिलो विश्वकप छनोट हो । मैले आफ्नो तर्फबाटशतप्रतिशतदिने प्रयास गरेको छु,’ उनले भने ।

प्रशिक्षक एनिसले टिममा रहेका नयाँ र ऊर्जावान् युवाले राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको बताए । ‘अहिले धेरै भन्न चाहन्न, भोलि देखाउँछु,’ उनले भने ।

कप्तान किरण चेम्जोङले योपटक लामो तयारी गरेको बताए । लाओसले पनि राम्रो तयारी गरेको र टिममा केही परिवर्तन ल्याएको भन्दै उनले त्रिदेशीय कपमा जस्तो नहुने बताए । 



चैतमा भएको त्रिदेशीय समूह चरणमा २–० ले जितेको नेपालले फाइनलमा २–१ को जित हात पारेको थियो ।




  • प्रकाशित मिति : असोज २४, २०८० बुधबार १३:४८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया