राजादेखि विप्लवसम्म अटाउने व्यवस्था ल्याउनुपर्छ : कमल थापा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजादेखि विप्लव माओवादीसम्म सबै अटाउने राज्य व्यवस्था नल्याए मुलुक थप संकटमा फस्ने चेतावनी दिएका छन् । थापाले सबैलाई समुचित स्थान नदिने र निशेधको राजनीति कायम राखिराख्ने हो भने जनताले अब सडकबाटै व्यवस्था परिवर्तन गर्ने बताए । 

मुकुकमा अहिले कायम भ्रष्टतन्त्र, कुशासन , बेरोजगारी, धर्म परिवर्तनको अन्त्यलाई अब कसैले रोक्न नसक्ने बताउँदै थापाले जनता जागे पछि कसैको केही नलाग्ने जिकिर गरे । ‘जनता वाक्क दिक्क छन् , मनपरितन्त्र हाबी छ, भ्रष्टाचारले सीमा नाघेको छ, यस्तो बेलामा जनता टुलुटुलु बस्छन् भनेर सोच्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ, अब जनताले विकल्प खोज्छन्,’ थापाले भने । 

देशको स्वाधिनता र स्वाभिमान कमजोर भएको भन्दै थापाले आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त सरकारले स्वाधिनताको रक्षा गर्न नसक्ने दाबी गरे । राप्रपा नेपाल आन्दोलनको माध्यमबाट मुकुकको व्यवस्था र अवस्था  परिवर्तन गर्न अगाडि बढ्ने दाबी गरे । 

थापाले राप्रपा नेपालको एजेन्डा स्थापित गर्दा कसैले अपमानित र निषेधको अनुभूति गर्नु नपर्ने, सबैलाई सम्मान हुने बताए ।  लोकतन्त्र, हिन्दुत्व, सुशासन  र  समृद्धिको बाटोबाट मुलुकलाई अगाडि बढाइने भन्दै उनले अब सबै नेपाली जनताको साथ र सहयोगमा आन्दोलन केन्द्रित हुन र सहयोगको निमित्त जनमानसमा आग्रह गरे । 

कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल ,भाष्कर भद्रा, श्याम घिमिरे, श्याम नेपाल, सुदर्शन केसीलगायतले बोलेका थिए ।





  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार १८:५०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया