ओलीलाई अमेरिकी विदेशमन्त्रीले पत्र पठाए, सहयोगका लागि राखे सर्त

काठमाडौं– अमेरिकी विदेशमन्त्री रिचार्ड पोम्पियोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । यो पत्र उनले अमेरिकाले नेपाललाई गरेको सहयोग वापत नेपालले उसको फेभरमा केही काम गरिदिन अनुरोध गर्दै आएको हो । 

मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौताअन्तर्गत ५६ अर्ब रुपैयाँ सहयोगका लागि अमेरिकाले यस्ता सर्त राखेको हो । उसले राखेका दुई सर्त उत्तर कोरियाविरुद्धको नाकाबन्दीलाई समर्थन गर्नु र तिब्बती शरणार्थीलाई चीन नपठाउनु भन्ने हो । 

पत्रमा पोम्पियोले केही समयअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटघाट गरेको प्रसङ्ग पनि उल्लेख गरेका छन् । कान्तिपुर दैनिकले तयार पारेको यो समाचारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भनेका छन्, ‘पत्र प्राप्त भएको छ तर अध्ययन गरिसकेको छैन । पत्रमा उठाक्ष्एका विषय हामीले लिँदै आएका विदेश नीतिअनुकुल नै छन् ।’





  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार ७:४५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया