चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा छ : मन्त्री बस्नेत
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा रहेको बताएका छन् ।

नेपाल किसान महासङ्घले पोखरामा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि ऐन संशोधन गरेर अगाडि बढ्ने बताए ।  

‘चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ । यसलाई प्रधानमन्त्री र पार्टीका नेताले सकारात्मकरूपमा लिनुभएको छ । संशोधन प्रक्रिया अघि बढिसकेको छ,’ मन्त्री बस्नेतले भने । 

उनले स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्न कठोर नीति अवलम्बन गरिएको बताए । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको सुधारका आफू प्रतिबद्ध रहेको दोहोर्याए । 





  • प्रकाशित मिति : कात्तिक ३, २०८० शुक्रबार २१:५८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया