राष्ट्रिय सभाको रिक्त पदमा माघको दोस्रो साता निर्वाचन गर्ने तयारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्तासम्ममा गर्ने तयारी गरेको छ । आयोगले आगामी २१ फागुनमा रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्तासम्ममा निर्वाचन गर्ने तयारी गरेको हो । 

बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुरा जानकारी दिएका हुन् । उनले २१ फागुनमा २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने बताए । 

आयोगले माघको १०, ११ अथवा १२ गते भित्रमा निर्वाचन गर्नेगरी तयारी गरिरहेको बताए । यस्तै, रिक्त रहेको स्थानमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका विभिन्न पदमा आगामी वैशाख महिनामा निर्वाचन गर्नेगरी सरकारलाई परामर्श दिइएको उनको भनाइ छ ।

‘राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि आउँदो वैशाखतिर त्यो निर्वाचन गर्दा उपयुक्त हुन्छ भन्ने आयोगले अनौपचारिक परामर्श दिएको छ,’ थपलियाले भने, ‘हामी ३ महिनाको समय भयो भने जुनसुकै अवस्थामा पनि निर्वाचन सम्पन्न गर्नसक्छौँ । आवश्यक तयारी भइरहेको छ ।’ 

प्रमुख निर्वाचन आयुक्त थपलियाले यसै आर्थिक वर्षबाट स्थानीय तहमार्फत मतदाता नामावली संकलन गर्ने काम अगाडि बढाउने पनि जानकारी दिए । यस्तै, विदेशमा भएका तर मतदाता नामावलीमा नाम नभएका नेपालीको पनि मतदाता नामावलीमा नाम संकलन गर्ने गरी काम अगाडि बढेको बताए ।  





  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार १४:९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया