डोटीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, १९ जना घाइते
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बुधबार साँझ भीमदत्त राजमार्गअन्तरगत जोरायल गाउँपालिका–१ घोरडीमा सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षका सालिन राना मास्केमगरको मृत्यु भएको हो । 

ट्याक्टरमा २५ जना मजदुर सवार थिए । उनीहरूमध्ये १९ जना घाइते भएका छन् भने अन्य ५ जना सकुशल छन् । 

घाइते भएकालाई थप उपचारका लागि धनगढी ल्याइएको छ । उनीहरूमध्ये पाँचजना उपचारपछि घर फर्किएका छन् । १४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार ७:५१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया