रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गर्न सर्वोच्चको आदेश (पूर्णपाठ)

सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको छ ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय तोकिएको थियो । 

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो । 

चेतनको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगललाई संविधान दिवसको अवसरमा सरकारले  बाँकी कैद माफी दिएपछि जेलबाट छुटेका थिए । 

उक्त निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। ​





  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार १५:३८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया