भारतमा बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा
फाइल तस्बिर

भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । सेन्टर फर मोनिटरिङ इण्डियन इकोनोमीले जारी गरेको पछिल्लो तथ्यांकअनुसार भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको हो । 

भारतमा समग्र बेरोजगारी दर अक्टोबरमा बढेर १०.०५ प्रतिशत पुगेको छ । जुन सेप्टेम्बरमा ७.०९ प्रतिशतको तुलनामा उल्लेख्य वृद्धि हो । जुन सन् २०२१ को मेयताकै उच्चस्तर हो । ग्रामीण क्षेत्रहरू यसबाट बढी प्रभावित भएका छन् ।  

अक्टोबरमा ग्रामीण बेरोजगारी दर १०.८२ प्रतिशतमा पुगेको छ । ५ वर्षमा कमजोर मनसुन वर्षा हुनु बेरोजगारीको एउटा प्रमुख कारण रहेको बताइएको छ । जसले कृषि उत्पादनमा कमी ल्याएको छ । 





  • प्रकाशित मिति : कात्तिक १७, २०८० शुक्रबार १५:३९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया