एयर क्वालिटी इन्डेक्स (एक्युआई) को अवस्था डरलाग्दो भएपछि भारतको दिल्लीको स्थानीय सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रमहरूमा प्रतिबन्ध लगाएको छ ।
वायु प्रदूषणको अनुगमन गर्ने संस्थानको सिस्टम अफ एयर क्वालिटी एण्ड वेदर फोरकास्टिङ एण्ड रिसर्च (एसएएफएआर) का अनुसार शुक्रवार दिल्लीको समग्र एक्युआई ५०४ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर प्लस श्रेणीमा परेको थियो ।
जुन हावाको उच्च सतर्कता स्तर हो । आफ्नो एडभाइजरीमा सफारले सबैलाई घरबाहिर सबै शारीरिक गतिविधि नगर्न, प्रदूषण विरोधी मास्क लगाउन, काठ, मैनबत्ती वा धुप बाल्नबाट जोगिन र धुलो कम गर्न कोठा सफा गर्न आग्रह गरेको छ ।
दिल्ली विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा परेको छ । दिल्लीका अधिकारीहरूले बढ्दो प्रदूषणको लागि छिमेकी राज्यहरू पञ्जाव र हरियाणामा पराल जलाउनु रहेको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।