ओमानविरुद्ध नेपालको खराब ब्याटिङ : सस्तैमा गुमायो चार विकेट
फाइल तस्बिर

आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेका रूपमा कुशल मल्ललाई गुमाएको हो । 

उनी १० औँ ओभरको अन्तिम बलमा ३ रनमा आउट भए । कुशललाई अकिब इलियासले आउट गरेका हुन् । नेपालले तेस्रो विकेटको रूपमा कुशल भुर्तेललाई गुमायो । 

उनले आज २२ बलमा ३ चौका र २ छक्कासहित ३१ रन बनाए । कुशल ७.१ ओभरमा अकिब इलियासको बलमा क्याच आउट भएका हुन् । 

नेपालले दोस्रो विकेटको रूपमा सन्दीप जोरालाई गुमायो । उनी ६.१ ओभरमा ओमानका कप्तान जीशान मक्सूदको बलमा १० रनमा बोल्ड भए । नेपालले पहिलो विकेटका रूपमा विकेटकिपर आसिफ शेखलाई गुमाउन पुग्यो ।   

उनी २.४ ओभरमा व्यक्तिगत ६ रनमा आउट भए । आसिफलाई बिलाल खानले क्याच आउट गराएका हुन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो ।  





  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार ११:४८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया