पाकिस्तानका प्रधानमन्त्रीद्वारा शोक व्यक्त

पाकिस्तानका प्रधानमन्त्री अन्वर उल हक ककरले जाजरकोट भूकम्पमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पपीडितप्रति ऐक्यबद्धता जाहेर गरेका छन् । 

'यो कठिन घडीमा पाकिस्तान नेपालको साथमा छ, नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पाकिस्तान तयार छ,' प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उल्लेख गरेर पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । 

यसैगरी, सिनेटका अध्यक्ष मोहम्मद सिद्धत सञ्जरानीले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार १७:४०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया