प्रधानमन्त्री मोदीको अनुरोधमा सलमानको जवाफ होलीमा !

एजेन्सी— भारतीय निर्वाचन आयोगले भारतमा १७ औं लोकसभा निर्वाचन ११ अप्रिलबाट सुरु गरेर १९ मेमा सक्ने सुचना निकालिसकेको छ । १० मार्चमा निर्वाचनको यो सुची आएपछि त्यहाँ राजनीतिक दलहरु निर्वाचन अभियानमा होमिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी पनि यो अभियानमा खुलेर लागेका छन् । उनले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा देशका चर्चित व्यक्तिहरुलाई ट्याग गरेका छन् र मतदान गर्न प्रोत्साहन गर्न अपिल गरेका छन् । 

मोदीले यसरी ट्याग गरेकामध्ये एक हुन्, अभिनेता सलमान खान । १३ मेमा मोदीले सलमान र आमिर खानलाई ट्वीटरमा ट्याग गर्दै त्यही अनुरोध दोहोर्याएका छन् । सलमान खानले यसको जवाफ दिन होलीको दिन छानेका छन् । उनले जवाफमा लेखेका छन्, ‘हामी लोकतन्त्रमा रहेका छौँ र भोट हाल्नु सबै भारतीयको कर्तव्य हो । म सबै भोटरसँग आफ्नो मताधिकार प्रयोग गर्न र सरकार चुन्नका लागि अनुरोध गर्छु ।’

 





  • प्रकाशित मिति : चैत ७, २०७५ बिहीबार १७:३२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया