एक सातादेखि सुरुङमार्गमा फसेका ४१ भारतीयको उद्धार कार्यमा अवरोध
खाना, पानी, अक्सिजन र औषधि पाइपबाट पठाइँदै

सडक सुरुङमा फसेका ४१ जनालाई उद्धार गर्ने प्रयासलाई भारतीय उद्धारकर्ताहरूले शनिबार रोकेका छन् ।

उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि आइतबारदेखि स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका छन् ।

एक हप्ता लामो उद्धार कार्यका क्रममा जमिन भासिएर ठूलो मात्रामा ढुंगा र माटो निरन्तर खसेपछि र महत्वपूर्ण हेभी ड्रिलिङ मेसिन बारम्बार बिग्रिएका कारण उद्धारको काम सुस्त भएको थियो ।

शनिबार वरिष्ठ स्थानीय सरकारी कर्मचारी अभिषेक रुहेलाले फसेका व्यक्तिको संख्या ४१ रहेको पुष्टि गरेका छन् । यो संख्या निर्माण कम्पनीले रिपोर्ट गरेको भन्दा एकजना बढी हो ।

सरकारको राजमार्ग तथा पूर्वाधार कम्पनी एनएचआइडिसिएलले शुक्रबार अबेर एक्कासि आएको आवाजले सुरुङमा त्रासको स्थिति सिर्जना गरेको र थप जमिन भासिने खतरा देखिएकोले उद्धार काअर्य अवरुद्ध भएको छ । 

उद्धारकर्ताहरूले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छन् ।



भारतीय सञ्चारमाध्यमले स्थानीय अधिकारीलाई उद्धृत गरी सम्प्रेषित समाचारमा खाना, पानी, अक्सिजन र औषधि पनि ६ इन्च चौडा (१५ सेन्टिमिटर) पाइपमार्फत पठाइएको, तर भित्र फसेकाहरू निराश भएको उल्लेख गरिएको छ । 

‘हामी उनीहरूको स्वास्थ्यको बारेमा सोधपुछ गरिरहेका छौँ,’ उद्धार टोलीका एक सदस्य मोहम्मद रिजवानले टाइम्स अफ इन्डियासँग भने, ‘तर तिनीहरू सबैको एउटै मात्र प्रश्न छ– हामीलाई कहिले बाहिर ल्याउनुहुन्छ ?’



  • प्रकाशित मिति : मंसिर २, २०८० शनिबार २२:३६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया