अर्जेन्टिनाको राष्ट्रपतिमा जाभियर माइली निर्वाचित

अर्जेन्टिनाको राष्ट्रपतिमा जाभियर माइली विजयी भएका छन् । दक्षिणपन्थी लिबर्टी एडभान्स गठबन्धनका माइली अर्थमन्त्री सर्जियो मासालाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका निर्वाचन प्राधिकरणको प्रारम्भिक नतिजाले देखाएको छ ।

आधिकारिक नतिजा आउनुअघि नै हार स्वीकार गर्दै मासाले आगामी चार वर्षका लागि देशको राष्ट्रपति हुने माइलीलाई बधाई दिएका छन् ।

सरकारले जारी गरेको आधिकारिक तथ्यांकअनुसार ८६.५९ प्रतिशत मत गणनामा माइलीले ५५.९५ प्रतिशत मत ल्याएका छन् भने मास्साले ४४.०४ प्रतिशत मत प्राप्त गरेका छन् ।

आइतबार भएको मतदानमा ७६.३९ प्रतिशत मतदान भएको थियो । माइली वर्तमान राष्ट्रपति अल्बर्टो फर्नान्डेजको उत्तराधिकारी हुनेछन् । उनले १० डिसेम्बरमा चार वर्षको कार्यकालका लागि पदभार ग्रहण गर्नेछन् । 





  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार १०:५२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया