जिम्बाब्वेमा हैजा प्रकोप : मृतकको संख्या १२ पुग्यो

जिम्बाब्वेको राजधानी हरारेमा हैजाको प्रकोप बढेको छ । हैजाको फैलावट रोक्नको लागि बढ्दो स्वच्छता अभ्यासहरूको लागि आह्वान गरिएको हो । 

शहरमा सफा पानीको अभावका कारण हैजा फैलिएको बताइएको छ । यस हप्ता धेरै व्यक्ति हैजाबाट संक्रमित भएको विज्ञहरूको भनाइ छ । सहजै रोकथाम गर्न सकिने रोग भए पनि सफा पानीको अभावका कारण हैजा फैलिएको स्थानीयको भनाइ छ । 

प्रकोपको केन्द्रविन्दु कुवाडजानाको उच्च–घनत्व उपनगर रहेको छ । सो स्थानबाट अस्पतालमा भर्ना भएका लगभग आधा मानिस छन् । हरारे सिटी काउन्सिलका महामारी विज्ञान र रोग नियन्त्रण प्रमुख माइकलका अनुसार हरारे सहरले बढ्दो जनसंख्यालाई पर्याप्त धाराको पानी उपलब्ध गराउन सकेको छैन । जसले गर्दा बासिन्दाहरूले अशुद्ध पानीको सहारा लिइरहेका छन् ।  

हरारेको मुख्य स्रोत लेक चिवेरोबाट सहरले प्राप्त गरिरहेको पानी धेरै दूषित रहेको बताइएको छ । माइकलले सहर वासीले पर्याप्त स्वच्छ पानी पाउन नसकेको र आवश्यक स्वच्छ पानी आपूर्ति गर्न असक्षम रहेको बताए । उनले आवश्यक पानी आपूर्तिको लगभग एक तिहाइ मात्र स्वच्छ पानी पाउने गरेको बताए । 

जिम्बाब्वेका स्वास्थ्य र बाल हेरचाह मन्त्री डगलस मोम्बेशोराले अहिलेसम्म हैजाका कारण कम्तीमा १२ जनाको ज्यान गएको बताए । जसमा कुवाडजानाबाट सात जनाको मृत्यु भएको छ । 

हरारेबाट देशका सबै क्षेत्रहरूमा मानिसहरूको धेरै आवतजावत छ । हरारेमा भएका हैजाका बिरामी घटाउने काममा लागिरहेको भए पनि सफल हुन नसकेको स्थानीयको भनाइ छ । हैजाको प्रकोपलाई सम्बोधन गर्न सरकारले राष्ट्रिय हैजा प्रकोप प्रतिक्रियाको लागि १२ मिलियन अमेरिकी डलर बजेट स्वीकृत गरेको छ ।    



त्यस्तै, सरकारले हस्तक्षेप गरेर नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउनुपर्ने नागरिकको माग छ । आफू स्वच्छ पानी किनेर खान नसक्ने उनीहरूले बताए । 

त्यस्तै, अर्का स्थानीयले कहिलेकाहीँ दुई वा तीन हप्तासम्म पानी बिना बस्ने गरेको र  सो अवस्थामा शौचालय फ्लस गर्न नसक्नाले पनि रोग निस्किएको बताए । 



अधिकारीहरूले सर्वसाधारणलाई अनधिकृत बजार वा सार्वजनिक जमघटमा नजान सल्लाह दिइरहेका छन् । 

  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार ११:४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया