गाजावासीलाई सहयोग गर्न जोर्डनमा फुटबल प्रतिस्पर्धा

जोर्डनका बालबालिकाले गाजा फुटबल एकेडेमी च्याम्पियनसिप शीर्षकमा एक फुटबल च्याम्पियनसिपमा आयोजना गरेका छन् । उनीहरूले गाजाका बालबालिकालाई सहयोग गर्ने लक्ष्यसहति सो म्याच राखेका हुन् । 

जोर्डनका सबैभन्दा प्रतिष्ठित फुटबल एकेडेमीहरूको सहभागितामा जोर्डन अहली क्लवको परिसरमा आयोजना गरिएको थियो । च्याम्पियनसिपबाट प्राप्त आम्दानी जोर्डन हासेमाइट परोपकारी संस्थामार्फत गाजाका बालबालिकाहरूलाई प्रदान गर्ने बताइएको छ ।

च्याम्पियनसिपमा सहभागी बालफुटबल खेलाडीहरूले आफ्नो व्यक्तिगत वचतबाट गाजाका बालबालिकालाई चन्दा दिनु आफूले गर्नसक्ने काम भएको बताए । 

यस च्याम्पियनसिपमा पैसा जम्मा गर्न र प्यालेस्टाइनलाई सहयोग गर्न भाग लिएको अर्का सहभागीले बताए । खेलकुद कार्यक्रमको अतिरिक्त खाना र स्थानीय उत्पादनहरूको लागि एक स्थान समेत खुला गरिएको थियो । 

सो स्थानमा बिक्री भएका सामानको एक अंशसमेत प्यालेस्टाइनलाई सहयोग गर्ने बताइएको छ । उनले गाजा पट्टीमा रहेका बालबालिकाको लागि थोरै भए पनि सहयोग गरेको बताए । 





  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार ११:४१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया