दीपक मनाङेकाे प्रस्तुतिमा सस्पेन्स–थ्रीलर फिल्म ‘कंगारु’ घोषणा

फिल्म ‘लाखे’का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘कंगारु’ राखिएको छ । यो फिल्मको छायांकन फागुनदेखि सुरु हुनेछ ।

राजीव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुति रहने यो फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’ एक्सन जनरामा निर्माण गरिएको थियो ।

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मससँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा र धनबहादुर गुरुङको लगानी रहने जनाइएको छ ।

फिल्मको सह–निर्मातमा रोनिशबहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टीका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्माता रहेको यो फिल्मको लाइन प्रोड्युसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलिया) रहेको छ । फिल्ममा सीमा गुरुङको कथा र महेश दवाडीको पटकथा रहेको छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स (युके)ले पनि सहकार्य गरेको छ ।

‘मैले लाखेलाई एक्सन जनरामा निर्माण गरेको थिएँ । त्यसपछि, केही फरक कथा भन्न मन लागेको थियो’ निर्देशक बस्नेतले भने, ‘यसैले, कंगारुका लागि हामीले स्क्रिप्टमा मात्र २ वर्ष समय लगाएका छौँ । दर्शकले यसपटक फरक स्वादमा फिल्म हेर्न पाउनुहुनेछ ।’

फिल्मका लागि विभिन्न कलाकारसँग कुराकानी भएको र चाँडै कलाकारको टुंगो लाग्ने निर्माण पक्षले जनाएको छ ।




 



  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार १५:५६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया