एजेन्सी– चीनको पूर्वी क्षेत्रमा भएको एक केमिकल विस्फोटमा ४४ जनाको मृत्यु भएको छ । विस्फोटमा परेर ९० जना घाइते भएका छन् ।
यो विस्फोट येनचंग शहरको तियानजियाई केमिकलको कारखाना क्षेत्रमा बिहीबार भएको थियो ।
विस्फोटपछि फ्याक्ट्रीमा आगो फैलिएको थियो । चिनियाँ अधिकारीका अनुसार फ्याक्ट्रीमा लागेको आगो शुक्रबार मात्रै नियन्त्रणमा आएको थियो ।