उच्च अदालतका १४ न्यायाधीशको सरुवा, ६ जना मुख्य न्यायाधीशमा सिफारिस

न्याय परिषद्‌ले उच्च अदालतमा कार्यरत मुख्य न्यायाधीश र न्यायाधीश गरी १४ जनाको सरुवा गरेको छ। मंगलबार बसेको न्याय परिषद्‌को बैठकले मुख्य न्यायाधीश नृपध्वज निरौलासहितको सरुवा गरेको हो। 

परिषद्‌ले निरौलालाई उच्च अदालत दीपायलबाट उच्च अदालत पाटनमा सरुवा गरेको हो। त्यस्तै, सत्यमोहन जोशी थारुलाई उच्च अदालत पोखराको वाग्लुङ इजलासमा, रत्नबहादुर वागचन्दलाई उच्च अदालत विराटनगरको धनकुटा इजलास, कृष्ण गिरीलाई उच्च अदालत दीपायल सरुवा गरिएको छ। 

त्यस्तै, विशेष अदालतमा नयाँ टिम सिफारिस भएको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेललाई मुख्य न्यायाधीश बनाएसँगै विशेषमा नयाँ टोली पठाउने सिफारिस परिषद्‌ले गरेको हो। 

बैठकले उच्च अदालतका मुख्य न्यायाधीशको नियुक्तिका लागि ६ जनाको नाम सिफारिस गरेको छ । 

बैठकले लोहितचन्द्र शाहलाई उच्च अदालत सुर्खेत, माधवप्रसाद पोखरेललाई उच्च अदालत पोखरा, रमेशप्रसाद राजभण्डारीलाई उच्च अदालत विराटनगर, श्रीकान्त पौडेललाई उच्च अदालत जनकपुर, नित्यानन्द पाण्डेलाई उच्च अदालत तुलसीपुर र शान्ति सिंह थापालाई उच्च अदालत दीपायलको मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो।

शाह उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायधीश हुन् भने पोखरेल उच्च अदालत सुर्खेतका न्यायधीश हुन्। त्यस्तै, राजभण्डारी उच्च अदालत विराटनगरका न्यायाधीश हुन् भने पौडेल उच्च अदालत सुर्खेतअन्तर्गत विशेष अदालतका अध्यक्ष हुन्। त्यस्तै पाण्डे उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश र थापा उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश हुन्।



सिफारिस भएसँगै उनीहरूको संसदीय सुनुवाइ हुने भएको छ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनीहरूको नियुक्ति हुन्छ।



  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार १८:५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया