पूर्वमन्त्री थापाको ‘राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक लोकर्पण

पूर्वमन्त्री एवं पूर्वराजदुत डा. भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक लोकर्पण भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तक लोकर्पण गरिएको हो । 

पुस्तक लोकार्पण समारोहमा बोल्दै लेखक थापाले परिवार र सद्भाव राख्ने मित्रहरुको निरन्तर प्रेरणा र आग्रहमा पुस्तक लेख्न सफल भएको बताए । पुस्तकमा कलिलो उमेरदेखि नेपाल सरकारमार्फत राष्ट्रिय योजना, आर्थिक राजनीतिक, कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्दाको अनुभव रहेको उनले बताए । 

पुस्तकमा व्यक्तिगत धारणा नभई आफ्नो व्यावसायिक जीवनको दौरानमा राष्ट्रका लागि महत्वपूर्ण घटना र मुद्दालाई समेट्ने प्रयास गरिएको उनको दाबी छ । पुस्तकले आफूहरुको पुस्ताले गरेको प्रयासले नेपालको भविष्य निर्माणको लागि आधार सिर्जना गर्ने विश्वास थापाले व्यक्त गरे । 

‘मैले यो पुस्तक लेख्ने कल्पना पनि गरेको थिइनँ । तर परिवार र सद्भाव राख्ने मित्रहरुको निरन्तर प्रेरणा र आग्रहमा यो पुस्तक जन्मिएको हो,’ उनले भने, ‘यो पुस्तकमा कलिलो उमेरदेखि नेपाल सरकारमार्फत राष्ट्रिय योजना, आर्थिक राजनीतिक, कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रहरुमा काम गर्दाको अनुभव छन् ।’

पूर्वमन्त्री थापाको पुस्तक लोकार्पण समारोहमा पुगेका सांसद डा. स्वर्णिम वाग्ले र सुमना श्रेष्ठले पुस्तकले नेपालको भविष्य निर्माणको लागि नयाँ आायम थप्ने विश्वास व्यक्त गरे । 





  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार १९:२८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया