इजरायलले दक्षिण अफ्रिकाबाट राजदूत फिर्ता बोलायो

इजरायलको विदेश मन्त्रालयले सोमबार दक्षिण अफ्रिकी अधिकारीहरूले गरेको पछिल्लो टिप्पणीपछि  प्रिटोरियाका लागि इजरायलका राजदूतलाई  फिर्ता बोलाएको छ । परामर्शका लागि राजदूतलाई जेरुसेलममा फिर्ता बोलाइएको छ।

केही दिनअघि दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकन नेसनल कंग्रेस (एएनसी)ले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्न आह्वान गरेको थियो। एएनसीका प्रवक्ता महलेन्गी भेन्गु मोत्सिरीले ‘हामी पछाडि बसेर इजरायली शासनको नरसंहारी कार्यहरू हेर्न सक्दैनौँ’भन्ने टिप्पणी गरेका छन् ।
 
इजरायलको यो कदम दक्षिण अफ्रिकाले इजरायलबाट आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको दुई सातापछि आएको हो।





  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार २०:२८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया