इजरायल र प्यालेस्टाइनबीच पाँच दिने युद्धविराम

इजरायल र प्यालेस्टाइनबीच पाँच दिनको युद्ध विराम भएको बताइएको छ । अमेरिकाको पहलमा ५ दिनको युद्धविराम भएको र त्यसको बदलमा दुवै देशले दर्जनौं बन्दीहरू रिहा गर्ने पनि भएका छन् । 

उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सैनिकलाई बन्धकहरूलाई फिर्ता गर्ने काममा प्रगति भइरहेको ब्रिफिङ पनि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
अक्टोबर ७ देखि इजरायल र प्यालेसटाइनबीच लगातार युद्ध भइरहेको छ । यो युद्धका क्रममा १० जना नेपाली पनि मारिएका छन् भने एक जना अझै बेपत्ता रहेका छन् । 

इजरायली प्रधानमन्त्री नेतान्याहुको कार्यालयले एक विज्ञप्ति जारी गर्दै नागरिकको रिहाइका लागि बैठक गर्ने र अस्थायी सम्झौतामा बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका साथै पाँच दिनको युद्धविराम समावेश हुने उल्लेख गरेको छ । 

प्यालेस्टाइनको हमासले सुरुमा इजरायलमाथि आक्रम गरेको थियो । बदलामा इजरायलले जवाफी कारबाही सुरु गरेपछि १२ हजार ७ सय  भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । तीमध्ये दुई तिहाइ महिला र बालबालिका छन् । करिब ४०० जना बेपत्ता छन् । हमासको आक्रमणमा करिब १२०० इजरायली मारिएका छन् र करिब २५० जनालाई बन्दी बनाइएको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार ७:२०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया