विश्वकप छनोट : अर्जेन्टिनाको पाँचौं जित, ब्राजिल घरमै स्तब्ध

विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलविरुद्ध अर्जेन्टिना विजयी भएको छ । आज बिहान ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिना १–० ले विजयी भएको हो ।  

तनावपूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले ६३ औँ मिनेटमा निर्णायक गोल गरे । उनले कर्नरबाट प्राप्त बलमा हेडमार्फत गोल गर्न सफल भए । 

खेल सकिन ९ मिनेट अघि जोयलिङ्टन रातो कार्ड खाँदै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित बनेको थियो । विश्वकप छनोटमा ब्राजिल पहिलोपटक घरेलु मैदानमा हारेको हो । 

अर्जेन्टिना १५ अंकसहित छनोट तालिकाको शीर्ष स्थानमा राखेको छ । ब्राजिल ८ अंकसहित छैटौँ स्थानमा छ ।  





  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार १०:३७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया