प्राप्त व्यवस्थालाई संस्थागत गर्न सबै दल सचेत हुनुपर्छ : प्रकाशमान सिंह
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लामो संघर्ष र आन्दोलनबाट प्राप्त भएको व्यवस्थालाई संस्थागत गर्न सबै राजनीतिक दलहरू सचेत हुन आवश्यक रहेको बताएका छन् ।   

बुधवार शंखधर साख्वा दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले सबै मिलेर अधिकार प्राप्तिको लागि आन्दोलनबाट ल्याएको व्यवस्थालाई सुरक्षित गर्न सबै एक ठाउँमा आउनुपर्ने बताए । 

उनले २०१७ सालमा गुमेको अधिकार प्राप्त गर्न ३० वर्ष लामो संघर्ष गर्नुपरेको विषयलाई सबै राजनीतिक दलहरूले बिर्सन नहुने बताए । उनले २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा सबै राजनीतिक पार्टीहरूको कार्यगत एकताको आधारमा आन्दोलन गरी गुमेको अधिकार प्राप्त गरेको सम्झना सबैलाई रहेको उल्लेख गरे । सिंहले कसैले कुनै ठाउँबाट कुनै आवाज निकाल्यो भन्दैमा डराउन नहुने बताए । 

‘नेपालको विशेषता भनेको अधिकार प्राप्तिको लागि सबै मिलेर आन्दोलनमा जान्छौं । ठूला–ठूला आन्दोलनहरू हामीहरूले गरिसकेका छौँ । आन्दोलनले प्राप्त गरेका अधिकारहरू जुन छन् । प्राप्त गरेका अधिकारलाई सुरक्षित राख्दै अधिकारहरूलाई संस्थागत गरेर सम्पन्नतामा अगाडि बढाउने काममा राजनीतिक दलहरू सचेत हुनुपर्छ,’ सिंहले भने, ‘२०१७ सालमा गुमेको अधिकार प्राप्त गर्न ३० वर्ष लामो संघर्ष गर्नुपरेको कुरालाई बिर्सनु हुँदैन । २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा सबै राजनीतिक पार्टीहरूको कार्यगत एकताको आधारमा आन्दोलन गरी गुमेको अधिकार प्राप्त गरेको सम्झना छ ।’ 

उनले २०६३ को जनआन्दोलनपछि दुईवटा संविधान सभाको निर्वाचन गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतान्त्रत्मक समावेशी संविधानलाई सुरक्षित राख्दै संविधानको भावना र मर्मलाई कार्यान्वयन गर्न सरकारले आवश्यक संघीय कानुन निर्माण गरेर अधिकार दिलाउने काम गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार १६:५५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया