दधिराज सुवेदी पुरस्कार भागिरथी श्रेष्ठ र धर्मेन्द्र झालाई

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य  पुरस्कार २०८०’ वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठलाई दिइने भएको छ ।

यसैगरी दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ । यी पुरस्कारको राशि क्रमशः ५१ हजार र २५ हजार रुपैयाँ छ । 

नेपाली साहित्यको आख्यान विधामा पाँच दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि साहित्यकार श्रेष्ठलाई र पत्रकारिताको क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि पत्रकार झालाई पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो ।

यसअघि भाषा साहित्य पुरस्कारबाट साहित्यकारहरू प्रा. डा. गोविन्दराज भट्टराई, प्रा. डा. अभि सुवेदी, प्रा. डा. माधवप्रसाद पोखरेल, डा. विष्णुविभु घिमिरे, एस्पी कोइराला, प्रा. डा. चूडामणि बन्धू र सनत रेग्मी पुरस्कृत भइसकेका छन् ।

यसैगरी, पत्रकारिता पुरस्कार पत्रकारहरू हरिबहादुर थापा, शिववहादुर कार्की, हरिहर विरही, किशोर नेपाल, भूषण दाहाल, मोहन भण्डारी र अनन्तराज न्यौपानेलाई प्रदान गरिएको थियो ।

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको १५ लाख रुपैयाँको अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष यो पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिँदै आएको छ । 



यस वर्षका पुरस्कारहरू मंसिर ३० गते विशेष समारोह आयोजना गरी विराटनगरमा समर्पण गरिने प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जानकारी दिए ।
 



  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार २०:३०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया