साफ महिला च्याम्पियनसिप फुटबल फाइनल : नेपाल–भारत १-१ काे बराबरी

विराटनगर– साफ महिला च्याम्पियनसिप फुटबल फाइनलमा नेपाल–भारत १-१ काे बराबरीमा पुगेका छन् । नेपाल र भारतबीच भएको च्याम्पियनसिपमा खेलकाे २५अाैँ मिनेटमा भारतले पहिलाे गाेल गरेकाे थियाे । खेलकाे ३२अाैँ मिनेटमा नेपालकी साबित्रा भण्डारीले हेडमार्फत गाेल गरेर खेल बराबरीमा पुर्याइन् ।

विराटनगरको सहिद रंगशालामा सुरु भएको खेलमा नेपालले सेमिफाइनलमा खेलेका खेलाडीलाई प्राथमिकता दिएको छ ।  

चौथोपटक साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाल आफ्नै घरेलु मैदानमा पहिलोपटक साफ च्याम्पियनसिपको उपाधिका लागि भिड्दै छ । ४–४–२ को फर्मेसनमा खेल्ने रणनीति बनाएको नेपाल भारतलाई पराजित गर्दै इतिहास रच्ने उद्देश्यका साथ उच्च मनोबलका साथ खेलिरहेको छ ।

साफ च्याम्यिनसिपको इतिहासमा अहिलेसम्म कुनै खेल नहारेको डिफेन्डिङ च्याम्पियन भारत पाँचौँपटक साफ च्याम्पियनसिपको च्याम्पियन बनेर आफ्नो स्थान सुरक्षित राख्ने प्रयासमा छ । 





  • प्रकाशित मिति : चैत ८, २०७५ शुक्रबार १५:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया