वेस्ट इन्डिजका पूर्वक्रिकेटर सामुएल्समाथि ६ वर्षको प्रतिबन्ध

वेस्ट इन्डिजका पूर्वक्रिकेटर मार्लोन सामुएल्सलाई आइसिसीले फिक्सिङ गरेको ठहर गर्दै ६ वर्षका लागि क्रिकेटबाट प्रतिबन्ध लगाएको छ । यूएईको टी–१० लिगका दौरान उनले फिक्सिङसँग सम्बन्धित नियम तोडेका थिए ।    

सन् २०१९ मा आबुधाबी भएको टी–१० मा सामुएल्स कर्नाटक टस्कर्समा अनुबन्धित थिए । तर, उनले लिग भने खेलेनन् । सन् २०२१ मा उनलाई लगाइएका चार अभियोगमा अहिले आइसिसीले दोषी ठहर गरेको हो । सामुएल्समाथिको प्रतिबन्ध ११ नोभेम्बरदेखि लागू भएको छ । 

सन् २०१२ र २०१६ को टी–२० विश्वकपमा वेस्ट इन्डिजका लागि सर्वाधिक रन बनाएका उनले अन्तिमपटक २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । सामुएल्सले अन्तर्राष्ट्रिय क्रिकेटमा ११ हजारभन्दा बढी रन बनाएका छन् ।  
 





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १३:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया