साफ महिला च्याम्पियनसिपमा नेपाल ३–१ ले पराजित

काठमाडौं । नेपाल–भारतबीचको साफ महिला च्याम्पियनसिप प्रतिस्पर्धाकाे फाइनल मा नेपाल ३–१ ले पराजित भएको छ । यससँगै साफ महिला च्याम्पियनसिपको उपाधि उचाल्ने नेपालको सपनामा तुषरापात भएको छ । 

शुक्रबार विराटनगरको सहिद रंगशालामा भएको फाइनलमा नेपाललाई हराउँदै भारतले पाँचौँपटक उपाधि जितेको छ । उस खेलसहित अहिलेसम्म नेपालले भारतसँग फाइनलमा चारपटक हार व्यहोरेको छ । 

खेलको पहिलो हाफको २३औँ मिनेटमा भारतकी डालिमा छिब्बरले फ्रिकिकमा उत्कृष्ट गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाइन् । त्यसको ९ मिनेटपछि नेपालकी सावित्रा भण्डारीले गोल गर्दै १–१ को बराबरीमा पुर्याइन् । 

तर, दोस्रो हाफमा नेपालको प्रदर्शन राम्रो हुन सकेन । भारतका खेलाडीले थप दुई गोल गरी आफ्नो देशलाई पाचौँपटक साफ च्याम्पियनको उपाधि दिलाए ।





  • प्रकाशित मिति : चैत ८, २०७५ शुक्रबार १७:२३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया