चलचित्र संघ र निर्माता संघबीच सेयर बाँडफाँडमा सहमति

नेपाल चलचित्र संघ तथा नेपाल निर्माता संघबीच सिनेमा हलमा फिल्म प्रदर्शनपछि कलेक्सन हुने रकमको सेयर बाँडफाँडमा सहमति भएको छ ।

दुई साताअघि प्रदर्शनमा आएको ‘दिमाग खराब’ फिल्मको टिमले सिनेमा हलमा फिल्म नै नचलाउने घोषणा गरेपछि दुई पक्षबीच वार्ता भएको हो । 

बिहीबार ५० प्रतिशत सेयर बाँडफाँडको विषयमा सहमति भएको निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिएका छन् । खड्काका अनुसार अब नेपाली फिल्मका निर्माताहरुले सिनेमा हलमा फिल्म प्रदर्शन गरेपछि प्रदर्शन अवधिभरको ५० प्रतिशत सेयर पाउनेछन् । 

दुई पक्षबीच मंगलबार वार्ता सुरु भएको थियो । मंगलबारको वार्ता निष्कर्षविहीन भएको वार्ताले बिहीबार सहमतिको स्वरुप धारणा गरेको हो ।





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १८:१८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया