नेपाल सुपर लिगमा आज काठमाडौं र चितवन भिड्दै

काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा आज एफसी चितवन र काठमाडौं रेजर्स खेल्दै छन् । यी दुई टिमबीचको खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । 

साबिक विजेता काठमाडौंले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० ले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । चितवन भने पहिलो खेल पोखरा थन्डर्ससँग पराजित भयो । अहिले काठमाडौंसँग ३ अंक छ । चितवन भने अंकविहीन छ । 

काठमाडौं दोस्रो संस्करणमा पनि बलियो देखिएको छ । पहिलो खेलमा इलामलाई हराएर काठमाडौंले आफूलाई अब्बल साबित गरिसकेको छ ।

चितवनले पहिलो खेलमा टिमअनुसारको प्रर्दशन देखाउन सकेन । चितवनमा विमल घर्तीमगर, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठलगायत स्टार खेलाडी छन् ।   





  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार ७:१९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया