वर्षेनी १ करोड लिटर विदेशी मदिरा पिउँछन् नेपाली

काठमाडौं– नेपालमा प्रत्येक वर्ष एक करोड लिटर भन्दा धेरै मदिरा आयात हुने गरेको एक तथ्याङकले देखाएको छ । भन्सार विभागको तथ्याङक अनुसार आर्थिक वर्ष ७४÷७५ मा मात्रै विभिन्न ब्रान्डका १ करोड १६ लाख २६ हजार ८ सय ३३ लिटर मदिरा आयात भएको देखिन्छ । यसको लागि ३ अर्ब ३ करोड ३८ लाख नेपाली रुपैयाँ विदेश गएको छ । 

यो वर्षमा ३ लाख १४ हजार लिटर वियर मात्रै आयात भएको छ । यस्तै ९ लाख ४१ हजारको वाइन विभिन्न देशबाट आयात गरिएको तथ्याङकमा उल्लेख छ । विभिन्न मदिरा र मदिराको बनाउने कच्चा पदार्थ समेत नेपाल आयात गरिने भन्सार विभागले बताएको छ । 

तथ्याङक हेर्दा अघिल्लो वर्षको भन्दा यो कम हो । आव ७३÷७४ मा नेपालमा १ करोड २३ लाख ९३ हजार लिटर मदिरा आयात भएको थियो । यसको लागि ३ अर्ब १२ करोड ३२ लाख रुपैयाँ खर्च भएको थियो । आव ७२÷७३ मा नेपालमा १ करोड २७ लाख ३६ हजारको मदिरा आयात भएको थियो । यसको लागि २ अर्ब ९९ करोड १८ लाख रुपैयाँ खर्च भएको भन्सार विभागले जनाएको छ । 

चालु आवको पहिलो चार महिनामा मात्रै २६ लाख ९९ हजारको मदिरा आयात भएको छ । यसका लागि पनि १ अर्ब २५ करोड रुपैयाँ खर्च भएको भन्सार विभागले उपलब्ध गराएको तथ्याङकमा उल्लेख छ । 

चालु आवको पहिलो चार महिनामा मात्रै १ लाख ३७ हजार लिटरको वियर आयात भएको छ । यस्तै २ लाख ६१ हजारको वाइन आयात भएको तथ्याङकमा उल्लेख गरेको छ ।  





  • प्रकाशित मिति : चैत ८, २०७५ शुक्रबार २२:३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया